दर्शन

दर्शनको परिभाषा

 

नमस्कार, दर्शन, कुर्णेश नमस्ते, सलाम, जदौ, रामराम हजुर, तारेमाम आदि एक नेपालीले अर्को नेपालीसंग आपसको भेटघाटहुँदा सानाले ठुलालाई गरिने सम्बोधन हो । नमस्कारमा सानाले आफु भन्दा ठुलालाई र मान्यजनलाई दुइहात जोडेर सम्बोधन गरिन्छ । टेलिफोनबाट गरिने कुराकानीमा पनि नामस्कार भनेर गर्ने सकिने नेपालीहरुको मुख्य शिष्टाचार पनि हो । नमस्कार अधिकांस नेपालीहरुको साझा सम्बोधन भै सक्यो । आफु भन्दा ठुलालाई सानाले गर्ने नमस्कार भित्र प्रतिष्ठा हुन्छ । जुन राष्ट्रिय अनतराष्ट्रिय पहिचान भैसकेको छ । अंग्रेजीमा जुन गुड मोर्निंङ्, गुड आफ्टर नून र गुड इविनिंङ् भने जस्तै भयो । त्यसरी नै ठकुरी समुदाय भित्र एक आपसमा गरिने सम्बोधन भने दर्शन हो । दर्शन के कसरी स्थापित भयो यसको खासै इतिहास छैन तर परम्परागत रुपले ठकुरी जातिहरुले आफ्नो पहिचानको रुपमा संरक्षण गरेर राखेको यो मुख्य पहिचान हो भनेर ठकुरीहरू सम्झंछन । दर्शनले ठकुरीको पहिचान वोध गर्छ । ठकुरीहरुले दाहिने हातले निधार छोएर देब्रे हातले कुहिनोलाइ समाती धनुष्ठङकार हुनेगरि निहुरेर गरिने यो असाध्यै प्रतिष्ठा र सम्मानका साथ सानाले ठुलालाई गरिने सम्बोधन हो । दर्शनको प्रयोगलाई आजभोली नव नक्कलीहरु, ठुला शहरमा बस्ने शहरियाहरु, केहि धनाड्यहरु र कथित फिल्म कर्मीहरुले एकहातले धारे हातलगएर गरेको दर्शनसंग जोड्न मिल्दैन । ठकुरीको दर्शन भित्र भाव हुन्छ र प्रतिष्ठा हुन्छ र उत्तरदायित्व पनि हुन्छ । यो एउटा कर्तब्य परायणता पनि हो । राजा दरवारिय खान्दानको रुपमा प्रयोग गरिने यो दर्शन हाम्रो ठकुरी पहिचान रहेछ भनेर वि.स.२०४६ को परिवर्तन पछी मात्र सबै ठकुरीहरुले आफ्ना वस्ती र परिवारमा गाउँका झोपडी देखि शहर सम्म एकै किसिमले दर्शनको प्रयोग गरेको पाइन्छ तर उपरोक्त परिवर्तन भन्दा अगाडी ठकुरीहरूले मात्रै कतै कुर्णेश र कतै जदै भनेर सम्बोधन गरिन्थ्यो । यो जानेर यसो भो वा नजानेर के भयो यसको वास्तविकता पत्तालागाउन निकै गहिराइमा पुग्नु पर्छ, दर्शनको ठाउँमा सलामको प्रयोग त्यस समय भन्दा अगाडी राजपरिवार र दरवारसंग नजिक भएकाहरुले कुर्णेश र सेनामा कामगरेका कर्मचारीहरुले सलाम प्रयोग गरेको पाइन्थ्यो । सलामको प्रयोग सेना प्रहरीमा गरिने भएकोले अव दर्शन नै उपयुक्त भै सक्यो अव दर्शन हटाएर सलाम राख्न नसकिने स्थिति नै छ । इतिहासको पाना केलाएर हेर्ने हो भने नेपालमा राजा पृथ्वी नारायण शाहले आफ्नै ठकुरी २२ से र २४ से राज्यलाई एकीकरण गरेको कुरा विर्सन हुन्न र नेपालको एकीकरण पुर्व अधिकांश क्षेत्रमा २२ से र २४से ठकुरी राज्यहरुको विकास र विस्तार भौगोलिक कठिनाइ र अन्य विविध कारणले उत्तर तिब्बत भन्दा दक्षिण भारतसंग नजिक रहन गएको कुरा इतिहासले पुस्टि गरिसकेको छ यस सन्दर्भमा नेपालका राजा रजौटाको राजनैतिक र कुटनैतिक सम्बन्ध भारतका टाकुरे राजासंग पनि रहन गयो । नेपालको टाकुरे राज्य भन्दा भारतका राज्य धेरै बलवान थिए झन् मुगल राज्य एकदमै शक्तिशाली पनि थियो । नेपालका रजौटाहरु भारत तिरका रजौटासंग नाता र साइनो गास्न उत्सुक हुन्थे । त्यसैले राजा राम शाहले आफ्नो थर गोत्र खोज्न उतै तिर आफ्नो दुत पठाएका थिए । सिसौदियाका भारतीय राजौटाले उनीहरुसंग नेपालको राजवंश गोत्र र संस्कार परम्परा नमिल्ने भनेर फर्काइदिएको थियो । आफ्नो सोधाई सकारात्मक नदेखिए पछी शुद्द हिन्दु नभए जातपातमा सानो हुने ठहर गरे र यहि झोकमा राजा राम शाहले आफ्नो पण्डितलाइ भारत देखि आएका सुद्द क्षेत्रीय जाति हुनको लागि एउटा राजवंशावली लेख्न लगाए त्यसैले भारतको चितौढ़ देखि आएका वंशको कविता इन्द्रविलास बाहुनले लेखे यो कुनै सन्दर्भ विना लेखिएको कविता थियो यो विषय नै आजभोली केहि इतिहासकारले राजपरिवारको उच्छितो काट्न भारतीय विदेशी भनेर रिफेरेंस बनाउने गर्छन, जसलाई धेरै इतिहासकार र ऋषिकेश शाहले समेत खण्डन गरेर हुन नसक्ने तर्क प्रस्तुत गरेका थिए । यदि त्यसो हो भने भारत देखि आएका राजपुतको आफ्नो भाषा त्यहींको राजपुतना र उनीहरुले गर्ने ( नमस्कार वा त्यस्तै सम्बोधन ) नेपालको शाहवंशले चलाउनु पर्ने थियो । यो विषयमा त्यहाँ किने संकेत नै देखिदैन त्यसै जुन कुनै पनि संकेत देखिदैन । नेपालको टाकुरे राज्य प्रभावित नहुने कुरै भएन त्यसैले तिनै शक्तिशाली राज्यको क्रियाकलापबाट अभिप्रेरित भएर उनीहरुले गर्ने राजकुलको सिको र सेनाले गर्ने सलामीको अनुकरण नेपालका टाकुरे राज्यमा प्रभाव फैलियो । यसो हुनाले राजकुलको भेटघाट हुँदा सलाम गर्ने परम्परा विकसित हुँदै गएको हो जुन मुगलको साम्र्यज्य र कतियाय इस्लाम राज्यको जस्तै उनै मुसलमानहरुले गर्ने सलाम वालेकम सलाम जस्तो पनि देखियो । तर त्यो भन्दा पृथक सम्बोधन कुर्णेश नेपालको भुरे राजकुलमा प्रचलित भएको थियो, जुन खस र मगर ( प्रजा ) ले राजालाई सम्बोधन गर्दा प्रयोग गर्नु भनेर नियमावली बनाइएको थियो । राज्परम्परमा कसले के साइनो कुन के कसरि दर्जा निर्धारण गर्ने राज गुरु देखि राजा युवाराज युवराज्ञी जस्ता पदका पधाधिकारिले के कसरी कसलाई सम्बोधन गर्ने भनेर एउटा परम्परा बसालिएको अभिलेखमा कुर्नेश सम्बोधन समेत राखिएको छ । पृथ्वी नारायण शाहले मकावन पुरे राजा आफ्ना जेठान दिग्बन्धन सेनको घर जाँदा त्यहाँका सैनिकले आफुलाई सलाम नगरेको झोकमा ड्युटीमा रहेका सेनालाइ कारवाही नै गरिदिएका थिए भने इतिहासकारहरुले लेखेका छन् । सेनामा सलाम र राजकुलमा सलामी हावी हुने नै भयो । राजपरिवार र पछी सेनामा विकसित गरेको त्यो सलाम परम्परा र राजकुलमा रहेको कुर्णेश पछि जदौ सलाम दर्शन भएर विकसित पनि भयो । तर अर्को महत्वपूर्ण कुरा नेपालका शाह वंशका पुर्खा मिंचा र खान्चा खानहरु मगर जातिका आदि पुरुष थिए भनेर अहिले पनि मगर जातिको ऐतिहासिक पुरुषहरुको नाममा उनीहरुलाइ राखेका छन् । पृथ्वी नारायण शाहलाई बिभिन्न विद्वानले मगर राजा भनेका र उनि आफैले पनि मगरातको राजा मै हु भन्ने दिव्योपदेश दिएका कारणले उनीलाई मगर राजा हुन भन्ने इतिहासकारहरु धेरै छन् । मगर जातिमा पनि एकापसमा ढोग भेट गर्ने परम्परालाई जदौ ( झोर्ले ) भन्छन । उनीहरुले गर्ने जदौ र अहिले हामीले गर्ने दर्शनमा कुनै भिन्नता छैन । प्रक्रिया उस्तै तरिकाले गरिन्छ । केवल उनीहरु जदौ भन्छन हामी दर्शन भन्छौ । यहाँ मात्र शव्द उच्चारणमा फरक छ । । त्यसैले हामीले दर्शन शव्द कहाँबाट आयो भनेर सिमाना पारि खोज्न पर्दैन आफ्नै बलेसीमा खोजेको खण्डमा भेटिन सकिन्छ । जय दर्शन ।