समाचार

'' आफ्नो इतिहास आफै खोजौ आफ्नो इतिहास आफै लेखौ'' आफ्नो इतिहास ठकुरी आफैले नलेखे सम्म यथार्थ विषय आउन सक्दैन किनकि यहाँ वाहुन क्षेत्रीले लेखेको इतिहास उनीहरुकै हित अनुकुल छन् भने अर्को तिर जनजाति हौँ भन्नेहरुले लेखेको इतिहास पनि उनै वाहुन कै निरन्तरता हो | यसैले यहाँ ठकुरीलाई चारै तर्फवाट घेरो हालेर एक्लो पार्दै छन् यति कुरा पनि हामीले बुझेनौ भने हामीले हाम्रो सन्ततिको निमित्त अपराध गरेको ठहरिने छ |
इतिहासमा सबैभन्दा शक्तिशाली राजाले आफुलाई मगर वा मगारात्को राजा मै हुँ भनेर घोषणा गरेर जातीय पहिचान दिने पृथ्वी नारायाण शाह हुन | पृथ्वी नारायण शाह र उनका समकक्षी जातीय वर्गले पुरै शुद्द हिन्दु धर्म ग्रहण गरे पछि नेपालमा वाहुनहरु सुरक्षित हुन सकेका हुन | नेपालको इतिहासमा जयन खाँ देखि नै गोर्खाली राजाहरुको वंश गणना गर्ने गरिन्छ , त्यहा भन्दा अगाडी भारत सम्म लगेर जोड्नेहरुले इतिहास राम्रो अध्ययन नगरेका हुन | चितौदगढका राजा रजौटाका राम्री छोरी राजकुमारी सदललाई मुसलमानहरुले विवाहको प्रस्ताव अश्विकार गरेको हुँदा त्यतिवेला लडाई हुन पुग्यो र उनीहरु देखि भागेर नेपाल प्रवेश गरेको सन्तानलाई गोरखाको शाह वंश र केहि राना मगरको सन्तानहरु अहिले पनि चितौढे मगर हुन भनेर भनिन्छ, यो दन्त्य कथा हो यथार्थ होइन | मुसलमानी राजा महम्मद घोरानीले गरेको त्यो आक्रमण नै दन्त्य कथा हो |  गोरखा शाह राजाको सन्तानको नेपाल प्रवेशको तिथि मिति मिल्दैन भनेर धेरै इतिहासकारहरुले भनिसकेका छन् | गोर्खाका शाहवंशहरु अहिले नेपालले व्याखा गएको जस्तो जनजाति आदिवासी समुहको एक भुमि पुत्र नेपाली हो | यसो भनि रहदा उनलाई खस आर्यमा उभ्याएर रमिता देखाएका छन् नेपालका जातिवादीहरुले | सदियौंदेखि मिलेर बसोबास गरेको नेपालको जातजातिको उदगम थलो खोज्न त्यति सजिलो छैन | नेपालको प्राग ऐतिहासिक इतिहासमा नै स्पष्ट र लिखित रुपमा परिचित भैसकेको आदिवासी भने पनि मूलबासी भने पनि नेपालको भूमिपुत्र ठकुरी जात वा जाति ठकुरीको बारेमा लेख्न कोशिस गरेको यो एउटा छोटो तर सत्य समाचार हो | नेपालको सुरुवातदेखि नै भनौ वा किरातकाल महिषपाल गोपालकाल, लिच्छवी कालिन राजा र राज्य हुदै 'ठकुरीराजा र ठकुरी राजकाजको कुरा स्पष्ट उल्लेख भएको स्वर्ण इतिहास छ | लिच्छवी कालिन राजा अंशुवर्मा र उनकी छोरी भृकुटीको आफ्नै पृथक इतिहास छ | कर्णाली प्रदेशकका नागराज हुदै चल्ल, झल्ल र मल्ल राजाहरुको इतिहास उस्तै जिउदो छ |  यसरी हुँदै जादा अछाम , जाजरकोट , बझांग वा सबै २२ से २४ से मध्यका सिंह खान सेन मल्ल शाह शाही  र गण्डक प्रदेशको पाल्पा मकावानपुरका सेन राजाहरुको राजकाज र इतिहास हुदा हुदै पनि नेपाली समुदायलाई आदिवासीजनजाति र जाति भनेर छुट्याउनु र वर्गीकरण गर्नु पनि हचुवामिचुवा र बाहुनबादको परिभाषामा अल्मलाईएको छ को आदिवासी,  को जनजाति र को जाति भनेर गरिएको अहिलेको अधुरो व्याख्याले र गलत परिभाषाले कति दिन सम्म नेपालको नेताहरुलाई मागी खाने भाडो बनाउने हो यो पर्ख र हेर कै सिद्दान्त मा निहित छ 
नेपालमा कहिले कुसुण्डा र कहिले बाबुसाहेब भनेर जातीय विशेषण थपेर चिनिने नेपालको एक मात्र मूलवासी मुख्य जाति ठकुरीको वास्तविक इतिहास खोतल्ने प्रयासले यो ब्लगको स्थापना भएको हो | अन्य केहि जातिका विद्वान भन्नेहरुबाट जातीय कलम उठाउनेहरुले ठकुरीहरुलाई गोलमोल गरेर वास्तविक र बस्तुगत यथार्थ लेख्न कन्जुस गरेका छन् उनीहरुले ठकुरीको इतिहासलाई काल्पनिक धारणा र विचार राखेर सत्य तथ्य बंगाउने दुष्साहासहरु गरेका छन् नेपालको इतिहासमा स्वर्ण अक्षरबाट लिखित मूलबासी ठकुरीहरुलाई हुदाँ हुँदा अहिले जवरजस्ती खस आर्यमा धकेलिदिएका छन् सामन्ती खस आर्य्मा मात्र ठकुरीलाई थन्काउने प्रयासले हामीलाई जिल्ल पारेका छ,  संधै यहि संकोच र अनुत्तरित प्रश्न साधेर अमिलो भएर बस्यो भने हामीले हाम्रो भावी सन्ततिलाई महा अपराध गरेको ठहरिने छ |  ठकुरीले सधैं वाहुनको खुट्टा समातेर आफ्नो निधार वाहुनको गोडामा ठोकेर आफ्नो धर्म र भाग्य खोजेर नै पछि परेको तितो सत्यलाई छातीमा हात राखेर एक मिनेट मनन गर्ने पर्ने हुन्छ |  यस्तो कु प्रवृति देखि सावाधान रहन आफ्नो ठकुरी समाजको यथार्थ धरातल के थियो र अब हामीले के गर्नु पर्छ भनेर दिनहुँ  नयाँ र आधारभूत विचार राखेर लेख अपडेट गर्ने जमर्को गरेको छु | यसलाई  पढेर गल्ति औलाई दिनु हुन अनुरोध छ | सुझाव र सल्लाहले लेखनलाई पूर्ण अब्बल बनाउने जिम्मा पाठक वर्गलाई सुम्पने प्रण गर्दछु | 

मानिस स्वभावैले सामाजिक प्राणी हो | समाजको स्थापना हरेक व्यक्तिका हितका लागि खोलिएका हुन्छनप्रत्यक मानिसलाई सुख सयलगरेर जीवन बिताउदा सम्म साथी भए पुग्छ । तर दु:ख पर्दा आफन्तको खाचो र आवश्यक पर्छ । समाजमा आफ्नो परिवारछिमेकीसंगी र आफन्तहरु हुन्छन । आफ्नो संस्कृती र परम्परालाई जोगाइ राख्न त्यही समाजको आवश्यक पर्दछ। । त्यसैले हरेक मानिसलाई समाज चाहिन्छ । त्यो समाज आफ्नो सामाजिक हित अनुकुल हुनु पर्छ । ब्यवस्थित र दीर्घ लक्ष्य भएको उद्देश्य मुलुक समाजले मात्र असल ब्यक्तित्व जन्माउन सक्छन । हामीले आफ्ना आवश्यकताका बस्तुहरु समाजबाट पुरा गरी रहेका हुन्छौ । ब्यक्तिगत उन्नती हुन जसरी परिवारको सहयोगले महत्वपूर्ण भूमिका खेल्छ । त्यसरी नै सबै परिवारको उन्नतिको लागि समाजले उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ । नेपाली समाज विविध किसिमका छन । हामीले आफु र आफ्नो पहिचान को लागि पनि नेपाली समाज निर्माण गर्नु पर्ने हुन्छ । समुदायमा भएका अन्य जातीय समाजले  ठकुरीको सामाजिक आवश्यकता पुरा गर्न सक्दैन । किन कि ति अन्य जात वा जातिको समुदायले उनिहरुकै हित अनुकुल हुने गरी समाजको स्थापना गरेका छन । हामीले पनि हामी अनुकुल हुने गरी समाजको स्थापना गर्नु पर्दछ । हाम्रो संस्कृती र पहिचानलाई जोगाइ राख्न र स्थापित समाजको संरचनालाई निरन्तर दिगो राख्न,  ठकुरीहरु कै सामाजिक उन्नतिको लागि हामि आफैले नै ठकुरी समाज निर्माण गर्नु पर्छ। जसले देश भरी रहेका र देश बाहिर भएका सबै नेपालीलाई एकताको सुत्रमा बांध्न सफल रहोस् ।

ठकुरी को हो ( Who is Thakuri ? )
प्राचिन ऐतिहासिककाल देखि आधुनिक नेपाल हुदै बर्तमान समय सम्म महत्वपुर्ण समयमा राष्ट्र निर्माणको भुमिका खेलेको अनादी-मूलबासी ठकुरीलाई धेरै देशी र विदेशी विद्वानले विभिन्न जाति वा वर्गसंग दाजेर हेरेका छन् | नेपालका बिभिन्न जात जातिहरु मध्य ठकुरी एउटा परिचित र विवादित जात समुह हो भनिएको छ | अहिलेको परिप्रेक्ष्यमा मुलत आर्य र मंगोल शव्द नितान्त आयातित र नयाँ शव्द हो यहि शव्दलाई आधार मान्ने हो भने पनि यी दुवै रगतनशा र मोहोडाको धनी ठकुरीहरु नेपालको एउटा अत्यन्त महत्वपूर्ण अनादी- मूलवासी नेसनालिटी वा जाती हो | ठकुरीहरू अहिले नेपालको चतुर नेताले विभाजन गरेको जाति र जनजातिको भागवण्डाको गिद्दे दृष्टिकोण नराख्ने सुद्द नेपाली जाति हो | त्यसैले त  ठकुरीहरू आर्य-खस भित्र आफुलाई उभ्याउन चाहदैनन | हरेक ठकुरीले आफुलाई ठकुरीसंग नै दाजेर हेर्छन तर अन्य जातिले भने भिन्न किसिमले ब्याख्या गर्दछन केहि ठकुरीलाई खस जातिसंग नजिक मानिएको भनेर लेख्ने लेखकहरुको हरु पनि छन् भने केहि देशी विदेशी विद्वानले खस क्षेत्री जातिसंग नभई नेपालको अहिले भनिएका मगर वा जनजातीसंग दाजेर हेरेको पाइन्छ | यस संदर्वमा धेरै ठकुरीहरुलाई आफ्नो स्थिति बारे मौन भएकाहरु भन्ने गरिन्छ | यसै सन्धर्वमा पृथ्वी नारायण शाहको उपदेशबाट खस भनेको कस्तो प्रकारको जाति भनेर किटेर भनेको नपाइए पनि यो जाति वाहुन ठकुरी र मगर भन्दा भिन्न जाति हो भन्ने कुरा स्पष्ट छ भन्ने कुरा उल्लेख गर्नु सान्दर्भिक र उपयुक्त छ । उनले आफ्नो दिव्योपदेशमा मेरो सेनामा ४ जातका सिपाही छन् र ती हुन १. खस २. मगर ३. गुरुङ्ग र ४. ठकुरी भनेर भनेका थिए | यहि दिव्य उपदेशको कुराले पनि ठकुरी खस र मगर भन्दा भिन्न जाति हो भन्ने सजिलै छुट्टिने देखिन्छ , भने ठकुरी, मगर , खस र गुरुङ्ग छुट्टा छुट्टै पहिचान भएको जाति हो भन्ने पनि बुझिन्छ |  त्यसरी नै  कहिले कुसुण्डा र कहिले बाबुसाहेब भनेर बोलाइने यो जाति आफै कुन जाति वा नेसनेलीटीमा पर्ने हो भनेर उनीहरुले सन्तोष जनक ब्याख्या गर्न नै सक्दैनन वा भन्न हिच किचाउछन केहि ठकुरीहरू आफुलाई बाहुन क्षेत्री समुहसँग नजिक देखाउन हानाथाप गर्ने भनेर पनि  दोष पाउने यो जातिलाई अहिलेका नयाँ नेता सवैधानिक कानुनका ज्ञाता डा. विपिन अधिकारीले पनि नेपालका खस जाति भन्ने मिनी पुस्तकमा ठकुरी खस समुदाय भित्र पर्दछन भनेर लेखेका छन भने डा. रमेश ढुंगेलले पनि डा. विपिन अधिकारी कै भाका छोपेर आफ्नो लेखमा ठकुरीलाई खस भित्र मात्र पर्दछन भनेका छन् उनिहरु जस्ता विद्वानले ठकुरीको वारेमा गहिराइमा नपुगी सतहमा नै ठकुरीको परिभाषालाई बंगाउने प्रयास मात्र गरेका छन् | यस्ता विद्वानले तत्कालिन नुवाकोटे ठकुरी वैश्य थिए भनेर जानेर पनि झुट कुरा उल्लेख गरेका छन् |  त्यति मात्र होइन यस्ता विद्वानले ठकुरीको बुइ चढेर आफुलाई समेत अहिलेको आदिवासी र जनजातिको लहरमा उभ्याउन चाहान्छन |  सुदुर पश्चिम तिर खस वा बाहुन क्षेत्री कै जातिसंग घनिष्ठता भएको उल्लेख गरिएको पाइन्छ | विषेश गरि धेरै ठकुरीहरु आफुलाई मगर वा मंगोल र आर्य खस वा खस देखि  आदिवासी र जनजाति सभ्यता त्यागेर उच्च ठालु वर्ग हुदै ठकुरी भएको कुरालाई मान्न तयार छैनन् | तर उनीहरु आफैले आफ्नो पहिचानको  व्याख्यान्न भने अधुरो बुझाइ रहेको  स्पष्ट अर्थयाउछन | अहिले झन हिन्दु धर्मको प्रवक्ता बने झैँ गरि सामाजिक संजालमा कुर्लने धेरै ठकुरीहरू वाहुनको खुट्टा तानेर निधारमा लगाएर पछि मात्र  भाग्यमानी सम्झन्छन  र ठान्छन के यहि हो पहिचान ? अव सबैले बुझ्नु परेको छ |
कुनै अर्को जातिले सोध्यो भने वा ठकुरी को हो भन्ने प्रश्नको उत्तरमा वाहुन र क्षेत्री वा मगर र गुरुङ जस्तै हो भनेर अधुरो उत्तर आउछ | आखिर को हो ठकुरी ?
यहा यसको लागि उही उदाहरणलाई यसरी व्याख्या गरेर हेरौ | 
१. यो त कस्तो बाहुन जस्तो नाक चुच्चो चुच्चो रहेछ दारी जुँगा पनि फुस्स झुसे जस्तो नै छकुनै एक ठकुरीलाई 'तपाई बाहुन कि क्षेत्री होभन्ने प्रश्न को  प्रति उत्तर मा वाहुन र क्षेत्री होइन म ठकुरी हो भन्ने उत्तर आऊछ,  यो त 'कुसुण्डावा 'वावुसापपो हो... वा कुनै अरु..प्रति प्रश्न यस्तो आउछ होइन र?
२. अर्को यो चाही त गुरुङ र मगर जस्तो रहेछकस्तो ठ्याक्कै भोटे जस्तो देखिएको | यस्तै प्रकारको कुनै एक ठकुरीलाईतपाई मगर हो कि गुरुङ हो निभन्ने प्रश्नको उत्तरमा गुरुङ मगर होइन म ठकुरी हो उत्तर आउछयो त 'कुसुण्डावा 'वावुसापपो हो ...वा कुनै अरु..प्रति प्रश्न यस्तो आउछ होइन र?

यतिमात्र होइन यहाँ सुदुर पश्चिम वाहेकका ठकुरीहरुले सुदुर पश्चिमी ठकुरीहरुलाई र सुदुर पश्चिमका ठकुरीहरुले पुर्व तर्फका ठकुरीहरुलाई माथिको उदाहरण लिएर आपसमा आक्षेप लगाउछन र कुरा काट्छन | 

यसो हुनु कुनै नौलो नै होइन तर बुझाइ अधुरो र एक तर्फी भए इतिहास तुहिन जाने हुनाले यथार्थ झल्काउनु अहिलेको खाँचो हो धेरै इतिहासविदले पनि ठकुरीलाई खस जस्ता र मगर जस्ता भनेर भनि रहंदा ठकुरी को हो भन्ने यक्ष प्रश्न उब्जिन्छ र यो सोधाइ स्वभाविक पनि हो यसको अर्थ खस र मगर मिसिएको हुदै होइन दुवै थरि ठकुरीमा बरु नांक चुच्चे र थेप्चे भनेर बिहेबारी वा अन्य सामाजिक काममा छेकबार लागेन तत्कालिन समयमा पनि जाति गत कुराहरु उठ्दा  आज जस्तो कटु भिन्नता नभए पनि कुन जाति को जस्ता भनेर ब्याख्या गर्नु पर्दथ्यो आर्य र मंगोल शव्दको प्रयोग १९ औ शताव्दी पछि मात्र भएकोले त्यस समय भन्दा अगाडी सुदुर पश्चिम बाहेकका ठकुरीलाई मगर जस्ता र सुदुर पश्चिम तिरकालाई खस जस्ता भनिएको पाइयो यसको अर्थ बर्तमान मान्यता अनुसार मंगोल र आर्य खस हो भन्ने बुझाइ छ मंगोल शव्दको उत्पत्ति र प्रयोग भन्दा अगाडी दुरादरैकुमालगुरुङठकुरी आदि जस्ता जातिलाई चिनाउदा  मङ्गर वा मगर जस्ता जाति भन्नु पर्ने थियो किनकि मगर नेपालको जातिमा सबै भन्दा धेरै जनसंख्या भएको जाति हो त्यसैले त्यतिबेला ठकुरीलाई मगर जस्ता भन्नु कुनै नौलो होइन आखिर ह्यामिल्टनले यहि कुरालाई पुष्टि गर्दै आफ्नो पुस्तकमा ठकुरी शाह र मगरको वंश जोडिएको उल्लेख गरेका छन् अरु इतिहासविदले पनि यो कुरा पुष्टि गरेका छन्|  आज भन्दा करिव २०० बर्ष आगाडी नै फ्रेन्च इतिहासकार ह्यामिल्टन र त्यस पछिका बालचन्द्र शर्माऋषिकेश शाह जस्ता दर्जनौ विद्वान तथा इतिहास विदले समेत ठकुरीलाई मगर र मगरलाई ठकुरी वंशसंग जोडेका थिए त्यसरी नै बाल कृष्ण पोख्रेलले ठकुरीको आधा जनसंख्या मगर नश्ल छन् भनेर भनेका थिए त्यसैले त पृथ्वी नारायाण शाहले पनि आफुलाई निर्धक्क भएर मगर राजा भनेका थिए यो कुनै करकाप र रहरले त्यसो भनेका होइनन उनको समयमा अहिलेको जस्तो आर्य र मंगोल भन्ने शब्दको उत्त्पत्ति नै भएको थिएन त्यसैले त नेपालका सबै इतिहासविदहरुले नुवाकोटे ठकुरीलाई बैश्य ठकुरी थिए भन्छन र यो प्रमाणित पनि भएको छ यदि आर्य र मंगोल शव्दको उत्पत्ति भएको भए इतिहास विदले वैश्य नभनेर मंगोल भन्थे होलान  सिजामा राजधानी भएको राजवंशलाई खस त भनिएको छैनतर त्यस वंशका प्रतापी राजा अशोक चल्ललाई खसदेशराजा – धिराज अर्थात खस देशका राजाहरुका अधिराज भनि उनको पालाको , बोधगयाकोलक्ष्मण सेनको अतित राज्यसंवत ७४ अर्थात वि.स. १३१५ को शिलालेखमा लेखिएको छ । ( महेशराज पन्त , टुवार्ड अ हिस्टोरि अफ द खस इम्पाएर , ३०० - ३०१ पेज ) यहाँ पनि अशोक मल्ल लाई खस देशको माहाराजा भनिएको भए पनि खस राजा भनिएको छैन
विक्रमाव्द्को दशौ शताव्दी पछि कर्णाली प्रदेशका खसहरु र मगरातको मगरहरुले भारतीय ब्राम्हणहरुबाट वैदिक संस्कार र यज्ञोपवित ( जनै ) ग्रहण गरेर आफुलाई ठकुरी भनाउन थालेका हुन भन्ने कुरा इतिहासकार डोर बहादुर विष्ट र फ्रेन्च इतिहासकार ह्यामिल्टनको समान राय रहेको पाइन्छ विष्टले आफ्नो पुस्तक 'सबै जातको फुलबारीमाठकुरी भनेको कुनै एक जात नभई बिभिन्न जातहरु र तिनीहरुबाट परिस्कृत भएको एउटा शक्तिशाली समुह ठकुरी हो भनेका छन् | उनले '' ठकुरी भन्नाले कुनै एक विषेश जाति नजनाई खसमगर , गुरुङतथा भोटेहरु मध्यबाट छानिएको एउटा उच्च सामाजिक र राजनीतिक प्रतिष्ठा भएको समूह जनाउँछ''  भनेका छन् | ठकुरी हरुलाई राम्ररी बुझ्न  ठकुरी गाउँमा गएर अध्ययन गर्न पनि चुनौती दिएका छन् | डोर बहादुर बिष्ट ले निम्न कुराहरु( People of Nepal) मा उल्लेख गरेका छन् :-
If the average ambitious Khas, and later on Magars, aspired to be Chhetris, the most powerful ones became Thakuris during the medival period. So at present Thakuri is a generic term describing a group that developed into the highest social and political order out of select people from among Khas, Magar, and possibley a few Rajput immigrants from India.

माथिको प्रशंगमा ठकुरी भित्रको आकलन सजिलै अनुमान गर्न सकिन्छ तर यसको उत्तर सस्तो ढंगले दिएर ठकुरी पनि बाहुन क्षेत्री जस्तै हुन भनेर अर्थाइएको हामीले धेरै इतिहास पढ्यौ | कुनै क्षेत्रीको पद देखि उच्च भएको वा जाति माथि उठेको ठालुहरु ठकुरी भएका हुन भनेर प्रोफेसोर र शिक्षकहरुले विश्वोविधालय र विद्यालयका  कक्षा कोठामा घोकाएका छन् | धेरै इतिहासका कितावहरु यस्तै सस्ता विषय वस्तुको कुरौटे र अवास्तविक विषय वस्तुलाई  महंगा मुल्यमा विक्री गरेको हाम्रो अगाडी जिउदो प्रमाणहरु छन् | यस्ता उत्ताउलो र हास्यास्पद तर्कहीन कुरा गर्ने र इतिहास आफैले आफैलालाई बंगाउन खोज्ने  नेताहरुलाई ठकुरीको रगत र नशा नशाको अध्ययन गर्न ठकुरी गाउँ पसेर आफैले सकारात्मक उत्तर निकालेर आफैको मुखमा बुझो लगाउन अनुरोध पनि छ  ठकुरीलाई अहिले चिनेर पनि नाचिने झैँ गरि मनगणन्ते परिभाषा गर्दै हिड्नेलाई बुझ पचाउने के नै औषधी छ र निदाएको अभिनय गर्नेलाई उठाउन सक्ने कुनै उपाय छैनयदि चित्त बुझेको छैन भने ठकुरीको इतिहास खोतलेर निष्पक्ष छानबिन गर्न र स्थलगत सर्वेक्षण र रगतको डी.एन.ए. परिक्षण गर्न सम्बन्धित वर्गलाई ठाडो चुनौती पनि छ |
राजा माहाराजाको जात पनि ठकुरी हो भनेर संधै ठकुरी भन्नासाथ सामन्त परिवारका ठुला र ठालु जाती भन्ने गरिन्छ | रमाइलो पक्ष त अझ के छ भने ऐतिहासिक कालमा सबै जातिका सबै सामन्त राजा भएको कुरालाई अहिलेका विभिन्न जातिले स्विकार्छन | अनि ठकुरीलाई मात्र सामन्त हुन भन्ने गरिछ |भन्ने बेलामा पहिचान पाइसकेका उच्च जाति ठकुरी भनेर सत्तो सराप हाल्ने वर्ग र त्यहि वर्गका सदस्यले सोधेको र उही वर्गका सदस्यले उत्तर दिदा कुनै फरक फरक ठकुरी प्रति कहिले वाहुन - क्षेत्री जस्ता र कहिले गुरुङ - मगर जस्ता भनेर विशेषण लगाएर परिचय दिइने  यो  ठकुरी को हो ? कुसुण्डा कि वाबुसाहेब ?

यो कुराको बृस्तित जानकारीको लागि यो ब्लग पढ्दै गर्नु होला .......|