सम्पर्क

हामी ठकुरी हौँ भन्छौ तर हामीले आफ्नो इतिहास संधै राजा र माहाराजासंग मात्र जोड्छौबक्स्योस लगाएर बोलिने खस भाषाको भाव दरवारको हो ठकुरीको होइन । त्यो दरवार र राजा माहाराजा भन्दा अगाडी हाम्रो आदिवासी स्रोत पनि थियो, त्यो इतिहास बुझ्न अहिले विद्यालय र विश्वविद्यालयमा घोकाइने औपचारिक शिक्षा मात्र पर्याप्त नहुने भएकोले अन्य  देश भित्र र वाहिरका इतिहासकारले लेखेका पाठ्यपुस्तक, हाम्रो भूगोलको जातीय आधार र संस्कार र संस्कृति, गाउँघरमा चलेका रहनसहन र अनौपचारिक शिक्षा अध्ययन गर्नु अनिबार्य छ । त्यसैले इतिहासमा  ठकुरी आदिवासी जनजाति थिए भन्ने विचारले प्राथमिकता पाउने छ । राउटे र कुसुण्डा हाम्रा आदिवासी अवस्था रहेछ भन्ने कुरा अहिले आएर महसुस भएको छ । इतिहास भनेको हिजोको घटनाक्रमको बयान हो आजको वर्तमान भोलीको इतिहास हो । 

त्यसैले राउटे कुसुण्डाले बोल्ने भाषा ठकुरीको भाषा थियो राउटे, कुसुण्डा, केहिठकुरीहरू र मगरहरूको जेनेटिक सम्वन्ध छ भनेर कुसुण्डाको गहन अध्ययन गरेका जोहान र रेनहार्डले उल्लेख गर्नुभएको कुरालाइ कसैले नजर अन्दाज गर्नुहुँदैन ।  खसभाषा, राउटेको भाषा र कुसुण्डाको भाषा गरेर ठकुरीले ३ वटै भाषाको अध्ययन र विश्लेषण गर्नु नितान्त आवश्यक छ ।त्यहि भाषा र संस्कार संस्कृतिलाई सामाजीकरण गरेर अहिलेका ठकुरी भन्नेले अंगालेपछी ठकुरीको अर्को जनजाति पार्टो खुल्छ । तर आफ्नो भाषा र संस्कृतिलाई छोडेर ठुलो समुह खसआर्य सङ्ग मिसिदै अघि वढेर गए पछि फरक फरक दुइ समुदायका कुसुण्डाहरू लमजुङ्गबाट र राउटेहरू कालीकोटबाट ठकुरीहरूको मुलधारबाट बाहिरिएका जनश्रुति छन  र  खस भाषा तिर उन्मुख भएको ठकुरीहरू २२ से र २४ राज्यकालको सुरुवाती समय तिर नै हो किनकी ठकुरीहरुले आ-फ्नो भाषा र संस्कृति भनेर बसेको भए सायद उनीहरु अहिले बनका राउटे र कुसुण्डा जस्ता सबै ठकुरी हुन्थे होला वा के हुन्थे सबै गर्भका कुरा हुन । राजाहरुले पढेनन र लेखेनन तर राजपरिवार वरपर रहेका हरूले लिच्छविकालमा संस्कृत र मल्लकाल पछि खस भाषामा नै इतिहासका  शिलालेख र ताम्रपत्र बनाएको र लेखेको कुरा पनि हामीले विर्सन हुँदैन । तर खस भाषालाइ बङ्गाएर बक्स र स्यो लाएर र  बोलेर अर्को छुट्टैजातको भाषा हुन सक्दैन तर दरवारमा राणा र शाहले वोल्नेभाषा सबैले सिक्नु राम्रो हो । 

परिवर्तित समयसंगै समाजको आवश्यकतामा आएको चाहानाले एउटा सुन्दर संगठनको अपरिहार्यता भएको वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गरि नेपालअधिराज्य भर  र विश्वका विभिन्न देशमा छरिएर रहेका सम्पूर्ण ठकुरी वंशको सम्मुनत विकासलाई आपसमा परिचित गराउदै एकिकृतसुसंगठित र असल समाजको निर्माण गर्ने महान उद्देश्यले यो ब्लगको स्थापना हुन गएको यहाँहरुलाई जानकारी गराउछु  यो कुनै व्यक्तिगत चाहानाले भन्दा पनि समाजको गहन आवश्यकताले सृजना गरेको महत्वपूर्ण उपलब्धिको सार हो  अहिले नेपालमा जात र जातिका कुराहरु र पहिचानका मुद्दा उठीरहेका छन् जात भातका कुराले नेपालको सबैभन्दा पुरानो मूलबासी ठकुरीलाई बाहुनबादको चक्रब्युहमा फसाएर खस आर्यमा मात्र ठकुरीलाई थन्काउने प्रयासले हामीलाई जिल्ल पारेको छ   सधैँ यहि संकोच र अनुत्तरित प्रश्न साधेर अमिलो भएर बस्यो भने हामीले हाम्रो भावी सन्ततिलाई महा अपराध गरेको ठहरिने छ  सत्य तथ्य जानकारीकोलागि सम्पूर्ण चासो कर्तालाई यसले पनि एउटा कोशे ढुङ्गो बनोस भनेर यो ब्लग स्थापना गरिएको छ यहाँ लेखिएका विचारहरु मेरो आफ्नो व्यक्तिगत विचार मात्रै हो  यसको जवाफदेहीता कुनै पनि ठकुरी समाजसंग छैन  त्यसैले यहाँ कमी कमजोरीहरु भए त्यो त्रुटी मेरो मात्र हुनेछ  आधिकारिक र  सम्बन्धित पक्षलाई गल्ति औलाएर प्रतिक्रिया लेख्न वा मलाई इमेल गरि सहयोग गरिदिनु हुन विनम्र अनुरोध छ । तल  प्रतिक्रिया दिनुहुन विनम्र अनुरोध छ  धन्यवाद

जय दर्शन 

 

 

3 comments:

Unknown said...

तपाइले ठकुरीकाे लागि गनु भएकाे याे चहाना परिश्रमकाे म अन्तरअात्म देखि हजुरलाइ धन्यवाद दिन चहान्छु । मैले ठकुरीकाे लागि सबै कुरा जानेकाे त छैन तर तपाइले गरेकाे परिश्रम देखेर मलाइ धेरै खुसि लाग्याे म पनि यसमा केही सहयाेग गनर् चहान्छु । मेराे फाेन नं. 9848025673 हजुरकाे फाेन नं. पाउ

Shri Hershal said...
This comment has been removed by a blog administrator.
Unknown said...

दाजी एकदम चित्त बुझ्दो लेख छ तर हामी ठकुरिहरुलाइ तेहि खस सङ लगेर जोडिएको पाइन्छ चित्त नबुझ्दो कुरो