विषय प्रवेश

''मेरा साना दु:खले आर्ज्याको मुलुक होइन सबैलाई चेतना भया'' म मगारातको राजा मै हुँ | 
वर्तमान समय गणतन्त्र नेपाल हो | अव संघिय-गणतन्त्र नेपाल तिर उन्मुख छ। देशको संबिधान बनाउने प्रकृया सुरु भएको छ । राजनीति पार्टीका नेताहरुको अस्पष्ट धाराणा आल टाल र ढुल मुले नीतिले राष्ट्र को स्पष्ट खाका कोर्न सकेको छैनयस् सन्दर्भमा देशमा सबै जात जाती समुहले आ-आफ्नो स्वयत्त अधिकार सहीतको छुट्टै राज्यको माग गरी राखेका छन भने ठुला राजनीति दलका घोषणा पत्रमा उद्देश्य  विहिन संङ्घिय राज्य उल्लेख गरेका छन । संङ्घिय राज्यको लागि ठुला राजनीति पार्टिले जातियधार्मिकसांस्कृतिक र भौगोलिक  तथा  प्राकृतिक आधार उल्लेख गरेका छन । तर देशमा जातियको संघियताको राज्यहरु  निश्चित बन्ने देखिएको छ। किनकि नेपालको राजनितिक दलहरुले आ-आफ्नो अभिष्ट पूरा गर्न  जातीय कुरा उठाएर सदियौ काल देखि रहि आएको जाति जाति बिचको सदभावलाई विथोल्ने प्रयास गरिएको छ | आपासमा वैमन्यश्यताको परिस्थिति सृजना गरि एउटा अमुर्त जातीय राज्यको परिकल्पना र बनावटी चमत्कारिताको महत्वाकाँक्षी भाषण दिदै हिडेका छन् | सम्बन्धित बिषयमा जानकारी प्राप्त गरेका जानकारहरुले कुनै जाति र त्यसबाट बन्न गएको जातिय संघ हानिकारक हुन्न भनेका छैनन। फेरी देशमा अहिले जातिय सद्भभावलाई खलबलाई आफ्नो स्वार्थ पुर्ती गर्न राजनीति पर्टिका नेताहरुनै लागि परेका छन। ठुला राजनीति पार्टिका नेताहरुको अदुर्दर्शी पारीणामस्वरुप देशले नराम्रो दुरदशा भोग्न सक्ने खतराका संकेतहरु देशमा देखिन थालेको छ भनेर जानकारहरुले संकेत गरेका पनि छन । देशमा १०० यौ जात जाती समुह छन। नेपालको एकताका प्रतिक पृथ्वी नारायण शाहको गम्भिर अपमानहुने गरी ब्यक्तिगत स्वार्थ पुरा गर्न राजनीति पार्टिका नेताहरु नै खलनायक भएर खेली रहेका छन र नेपाली जनतालाई खेलाई रहेका छन। यसमा दोष त्यहि टाउकेको छ जुन नयाँ वा पुरानो नेपालका नेता भन्न रुचाउनेहरुबाट देशलाई खतरा हुँदै आएको छ। चाहे त्यो नागरिक समाजका अगुवा भन्न रुचाउने नै हुन वा आफुलाई अब्बल दर्जाको नाइके घोषणा गर्ने नेता भनौदा हुन। नेपालको नेता भनेको त जसले गफ चुट्न सक्छ , जसले काल्पनिक र झुटो बोल्न सक्छ त्यही नेपालको नाइके हो । जसका उदाहरणहरु ईतिहासका पानाहरुमा देखिने छ।
देशमा सरकारी तथा गैर-सरकारी सँस्थाहरुले मानव हितका निम्ति भनेर खोलेका संघ र सँस्थाहरु अहिले जाति र रङ्ग भेद भन्दा माथि उठ्न सकेको छैनकुन मानिस कुन जात र थरका हुन भनि छानविन गर्ने र आफ्नो जात थर र धर्ममा पर्नेलाई प्राथमिकता उपलब्ध गराइने अनि गरिव तथा वर्गीय रुपले पछी परेकाहरु उपेछित हुने परम्पराको तिब्र विकास हुदै गरेको छ | नेपालमा अहिले घनिभुत रुपमा डरलाग्दो जातीय अवावह फैलिएको छ । दिनहुँ जातीय मोर्चाहरुले नेपाल वन्द गराइएका समाचारहरु आइरहेका छन् | स्थिति अडकलको भरमा मुठी कस्ने र मुडभेडलाई बडवा दिने खालका छन । हचुवाको भरमा इतिहासका कुराहरु बंग्याउने र आपत्ति जनक अभिब्यक्ति दिएर आपसमा नेपालीहरु विच बिभेद उत्पन्न गर्राई देशलाई गृह युघ्दमा धकेल्न लागिपरेका दुइ जिब्रे नेता भनाउदाहरु अहिले के का लागि मरी मेटेका छन भनेर उनीहरुलाई बुझ्न सम्पूर्ण बौद्धिक वर्गलाई कठिनाइ छैन । नेपाली - नेपालीहरुका विच आपसमा नै नेपालको कुनै निर्दिष्ट भुमीमा कस्ले सबैभन्दा पहिला पाईला टेक्यो र नेपालमा अहिले भनिएका जातीय प्रान्तमा त्यस जातिको उद्गगम भएको हो भनेर प्रमाण विहिन अमुर्त कुरा फैलाएर जातिय रडाको मच्चाएका छन् जुन कुर्चीको दौडमा संनिग्ध  भएकाहरुको मतभेदले समाजमा एउटा सच्चा नेपालीलाई किर्कतब्यमुढ बनाएकोछ । 
नेपालमा केहि तराइ र हिमाली भेगका अल्पसंख्यक जाति मध्ये केहि जातिको नेपाली वाहुनको जति लामो पुरानो इतिहास नभएको विभिन्न स्रोतले प्रमाणित भैसकेको छत्यस्ता जाति अहिले नेपाली भुमि पुत्रआदिवासी र जनजातीको नाममा दर्ता भएर राष्ट्रको लाभ लिने र दिनेहरुको वाहुल्यामा परेका छन्भने उनीहरु भन्दा धेरै वर्ष अघि देखि नेपालमा रहदै आएका वाहुनहरु समेत किन जिल्ल परेर हेरेर र सुनेर वसेका छन्उसो त तिनै वाहुन नेता छन् जुन यी विषयको वारेमा वेखवर छन भन्ने कत्ति पनि लाग्दैन तर उनीहरु चुप चाप वसेका छन , यसमा केहि आन्तरिक रहस्य छैन भनेर पत्याउन गारो छ | जात-जाति विचमा आपसको  विश्वासमा  विषमता बढेर गएको छ | त्यसैले आज यस्ता शंकास्पद अनुत्तरित प्रश्नहरु हरेक राष्ट्रवादी नेपालीले सोधेको छ | आज सच्चा वर्ग नेपालीलाई लाग्छ कतै देशका नागरिक समाज , पत्रकार , नेता र कर्मचारीले सहि मार्ग पहिलाउन सकेका छैनन कि ?   जतावाट आफुलाई अनुकुल र सजिलो पर्छ त्यहि कुरा सहि र वास्तविकता हो भनेर अनेक वहानाहरुको तर्क पेश गर्ने लोभी पेशेवारहरुको जमातले बौद्धिक वर्ग पनि यथार्थको धरातलमा मौन छन् |कसैले लोकतान्त्रिक गणतन्त्रको त कसैले जनगणतन्त्रको कुरा गरेर नथाक्ने यो जमात नेपालको भुमि पुत्र को हो भनेर लहडीया र मनगढन्ते तर्क देखाउदै आएका छन् | अहिले  अड्कलको भरमा इतिहास बंग्याउन खोजिएको छ र जातीय सदभाव माथि आँच आउने कार्य तिब्र पारिएको छ  
नेपाल र नेपाली भूमिको लागि भनेर  लड्ने नेपाली मूलबासीहरु मध्य नेपाल राष्ट्रका सपुतहरु नागराज, अंशुवर्मा , जितारी मल्ल,  भृकुटी,  मुकुन्द सेन , राम शाह द्रब्य शाह देखि पृथ्वी नारायण शाह आदि जस्ता दर्जनौ भन्दा बढि वीर जन्मेको मूलबासी ठकुरी जातिलाई अन्यमा राखिएको छ |  नेपाली भूमिको लागि ठकुरीले वरावर नेपालको कुन अर्को जातिले रगत बगाएको जिउदो इतिहास छ ? नेपाली भूमिको लागि लड्ने राष्ट्रलाई अक्षुण राख्न देखि संधै पहरेदार भएको जाति अहिले कसरि अन्य भएको हो  के यहि हो न्याय ?  यो कस्तो विडम्वनाको गिद्दे जोडघटाउ हो ? राष्ट्रिय हितका कुरालाई वञ्चित गरि  जातीय रुपले नै  कसैलाई पाखा र कसैलाई काखा गरेर सारा सच्चा देशभक्तलाई किनारा लगाउने काम गरिरहेको छन  आज  देशमा  गरिबी  , अभाव र पछौटेपनले   ग्रस्त भएको  नेपालीको एकल  चाहना स्थिरविकसित र शक्तिशाली राष्ट्र निर्माणको लागि नै हो जहाँ समान अवसर र व्यवहार होस् जसले आर्थिक विकासका आधार खडा हुने छन्  । तरराजनीतिक दलहरूको प्रवृत्ति वर्गीय उत्थानतर्फ भन्दा विखण्डनकारी सोचको प्रलयकारी दिशातर्फ उन्मुख छ भन्ने कुरा सर्वसाधारणलाई पनि वुझ्न कठिनाइ छैन । सबै भाषाधर्म र विभिन्न भौगोलिक क्षेत्रमा बसेका जातजातिबीचको एकतालाई खलबल्याउन जातीय एवं साम्प्रदायिक भावनाको बिजारोपण गर्ने काम उनीहरूबाटै भएको छ । हरेक क्षेत्रमा जातीय सामानुपातिक कुरा उठाएर अहिले गरिव निमुखा र आर्थिक स्थिति कम्जोर भएकाहरु पाखा लागेका छन् | ठकुरीहरुलाई वाहुन कै हाराहारीमा राखेर सामान्तको पगरी गुथाएका छन् | पूर्व राजा ज्ञानेन्द्र र शाह कालिन राजाले नेपालमा सयौ वर्ष भोग चलन गरेकाले अव उप्रान्त जसको क्षेतिपुर्ति स्वरुप स्थानिय तह देखि राष्ट्रिय तह सम्म जातीय सामानुपातिक कोटाको नाउमा ठकुरीलाई उपेक्षा गरि वञ्चित बनाउने षडयन्त्र गरिदै छयो कस्तो सामानुपातिकको प्रगतिशील परिभाषा हो ? अब ठकुरीहरुले केहि दशक मुखमा माड राखेर बसे भयो किन कि ज्ञानेन्द्र र उनका पुर्खाले खाएका र लाएका थिए रे भनेर चित्त बुझाउन पर्ने बनाइएको छ | के यहि हो नयाँ नेपाल ? गाउँ गाउँमा बसोबास गरेका ठकुरी लगाएत सबै जात जातिहरुको आर्थिकसामाजिक र गरिवी पन साच्चै नेताहरुलाई अवगत छ ? यदि उनीहरुलाई जात जातिको स्थिति थाहा भए एकल तागाधारी सामन्ती वर्ग भनेर अरु जातिले भन्ने गरेका यी क्षेत्रीठकुरी र वाहुनलाई उही एकल चस्माले हेरिन्छ भने त्यो पाखण्डी धुर्त जात र जाति हुने छ | चाहे त्यो जुन सुकै जात वा जातिको विद्वान भनिएका रङ्ग भेद् लाई आदम्वारी दिने अव्वल कारी हुन |
ठकुरीमा संघियता भित्र कस्तो भूमिका रहने छ भन्ने कुनै लेख र बिचार अहिले सम्म लेखिएको छैन। देश भरी छरपट भएर बसेका ठकुरीहरुको आफ्नो रितिरिवाज र संस्कृतिको आदान प्रदानको अभावले संगठनात्मक स्थिती कमजोर छ। जातिय संगठनलाई केही पढे लेखेका शिक्षित ठकुरीहरुबाट नै चासो छैन। जुनसुकै राजनीति पार्टिमा लागेका ठकुरीहरुसंग ठकुरीको संगठन खोल्न बिचारको सहयोग लिनु परेमा उनीहरुले पार्टिको सिद्दान्त उल्टो घोकाउन थालछन । आफ्नो घरको जग वलियो भए घर वलियो हुन्छ भन्ने कुरा बुझेर नि बुझ पचाउछन । देशलाई राज्य पुनर्सरचना गर्दा जातिय संघियतामा जाने प्राय निश्चित नै छ। हामीले आ-आफ्नो क्षेत्रबाट ठकुरीको आफ्नो संघियताको खाका भित्र आफ्नो पहिचान उपलब्ध गराउन सकेनौ भने भोली आफ्नो कुल धर्म अर्कासंग सोध्न जानु नपर्ला भन्ने खै के आधार छ ? त्यति मात्र होइन आफ्नो कुल खोज्न वाहुनको पात्रो कोट्याउनु पर्ने त्यो दिन आएमा जिउदो भएर पनि मरेको सरह हुने दिन आउने छ | त्यसैले त गणतन्त्र आए पछिको जात भातका कुराले सामन्ती खस आर्यमा मात्र ठकुरीलाई थन्काउने प्रयासले हामीलाई जिल्ल पारेका छन् | के सधैँ यहि संकोच र अनुत्तरित प्रश्न साधेर अमिलो भएर वस्ने त ?
विभिन्न क्षेत्रमा ठकुरीको सुनिस्चितता र सहभागिता के कसरी हुने हो ? गैर ठकुरी समुदाय भित्र बसोबास गरेका ठकुरीहरुको वा कुनै अर्को अल्प सिमान्तकृत जाती समुहले समावेशीमा कस्तो हिस्सा पाउछन ? हरेक अल्पसंन्ख्यक वा सिमान्तकृत समुहको हक हित संरक्षित हुने भए के कसरी हुने भन्ने कुरामा चनाखो हुनु पर्ने बेला आएको छ। देशमा बन्न गई राखेको नयाँ सबिधानमा हाम्रो आफ्नो पहिचानसंस्कृति र हाम्रो परमपरालाई बुलन्ध गर्न सकेनौ भने हामी र हाम्रा सन्ततिलाई हामीले ठुलो अपराध गरिएको हुने छ। फेरी पनि उही ढुङे युगको हाम्रा पुर्खा भनिएका बन ठकुरीहरु कुसुन्डा र राउटे झै एक दिन शहरीया भनिएका हामी ठकुरीको उही गती नहोला भन्ने के आधार छ ? त्यसैले हामीले आ-आफ्नो क्षेत्रबाट ठकुरी समाजको सेवा गर्नु पर्ने बेला आएको छ र फेरी हामीलाई पुर्खाको सिको गर्ने र आफ्नो कर्तब्यपरायणताको जिम्वेवेरी बोध अनुसरण गर्नु पर्ने बेला आएको छ|

 देशमा कुल जात जाती मध्य सबै भन्दा धेरै प्रतिशत अोगट्ने खस छेत्री जातिको कुन ठाउँमा गएर कस्तो संघियता बन्ने छ । यो पनि पर्ख र हेर कै निती लाई अगाल्नु पर्ने छ। उता दोश्रो बाहुल्यता भएको जाती बाहुन को राजनीति पार्टीका टाउके हुने देखि लिएरसरकारी कर्मचारी र शिक्षण पेशामा एकछत्र वर्चस्व छनेपाल राष्ट्रको सम्पूर्ण सरकारी वा गैर सरकारी सेवामा वाहुनहरुको अत्यधिक वाहुल्यता छ | कुल जनसङ्ख्याको ७ प्रतिशत पनि न- ओगटेको बाहुनले नेपालको निजामति कार्यालयमा अत्यधिक प्रतिशत र अहिलेको ६०१ सभाशदमा झन्डै ५० प्रतिशत भन्दा बढी बाहुनहरु सभासद चुनिएका छन। जुन सुकै पार्टिमा पनि बाहुनहरु नै नेता छन। अहिले तिन ठुला एमाओवादी , कांग्रेस र एमाले  पार्टीमा टप मोस्ट नेताहरुमा  वाहुन भन्दा अर्को कुन जाति छन् ? के यहि हो समाबेशी ?